आज:  | Tue, 21, Apr, 2026

ठमेलबाट पेस्तोलसहित एक जना पक्राउ

दिशा निर्देश १५ माघ २०७७, बिहीबार १०:४० मा प्रकाशित (५ साल अघि)

काठमाडौँ । काठमाडौँको ठमेलस्थित गल्कोपाखाबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

सिन्धुपाल्चोक भोटेचौर वडा नं ३ घर भई पेस्सीकोला टाउनिङमा बस्दै आएका कृष्ण चौँलागाईलाई प्रहरीले पक्राउ गरेको हो ।

२८ वर्षीय कृष्णलाई महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।

उनको साथबाट प्रहरीले एक थान पेस्तोल र एक राउन्ड गोली बरामद गरेको छ ।


सम्बन्धित खबरहरु