एजेन्सी। अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य संरचनाहरूमा ठूलो क्षति पुगेको एक अनुसन्धानले देखाएको छ ।
फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका क्रममा इरान र उसका सहयोगीहरूले कम्तीमा ८ देशमा फैलिएका १६ अमेरिकी सैन्य स्थलहरूमा आक्रमण गरी क्षति पुर्याएका छन् ।
समाचार प्रतिवेदनअनुसार, तीमध्ये धेरैजसो सैन्य स्थलहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्, जसका कारण केही आधारहरू लगभग प्रयोग गर्न नसकिने अवस्थामा पुगेका छन् । एक संसदीय सहयोगीका अनुसार, प्रभावित संरचनाहरू मध्यपूर्वमा रहेका अधिकांश अमेरिकी सैन्य संरचनाको हिस्सा हुन् ।
क्षतिको स्तर फरक–फरक रहेको बताइएको छ । केही स्थलहरू पूर्ण रूपमा ध्वस्त भई बन्द गर्नुपर्ने अवस्थामा पुगेका छन् भने केहीलाई रणनीतिक महत्वका कारण मर्मत गरेर पुनः प्रयोग गर्न सकिने आकलन गरिएको छ ।
