आज:  | Mon, 04, May, 2026

ठोरीमा मानव बेचबिखन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न

Avatar photo दिशा निर्देश १८ बैशाख २०८३, शुक्रबार २१:२३ मा प्रकाशित (२ दिन अघि)

वीरगञ्ज। अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर पर्साको ठोरी गाउँपालिका वडा नं. ३, ब्रह्मनगरमा मानव बेचबिखन विरुद्धको एक दिने सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

पर्सा ख्रीष्टियान समाजको आयोजना र नवजीवन चर्चको सहकार्यमा आयोजित कार्यक्रममा समाजमा व्याप्त मानव बेचबिखनको समस्या, यसको रोकथाम र न्यूनीकरणका उपायहरूबारे स्थानीय समुदायलाई विस्तृत परामर्श तथा जानकारी दिइएको थियो।

कार्यक्रममा नवजीवन चर्चका पास्टर बाबुराम क्षेत्रीले मुख्य सहजकर्ताको भूमिका निर्वाह गर्दै समाजमा मानव बेचबिखन किन हुन्छ र यसलाई न्यूनीकरण गर्न नागरिकको दायित्व के हुन्छ भन्ने विषयमा प्रकाश पारेका थिए । उनले गरिबी, चेतनाको अभाव र प्रलोभनका कारण मानिसहरू कसरी बेचबिखनको जोखिममा पर्छन् भन्नेबारे सहभागीहरूलाई प्रष्ट पारेका थिए ।

सचेतना कार्यक्रममा पर्सा ख्रीष्टियान समाजका कोषाध्यक्ष राम प्रसाद घिमिरे, महिला उपाध्यक्ष दिल माया मगर, महिला विभागकी अध्यक्ष सुजाता क्षेत्री, सह–कोषाध्यक्ष मनोज बि.क, सदस्यहरू निरज आचार्य, मनिराज पहरी र विष्णु माया सुनार लगायतको उपस्थिति रहेको थियो।

पर्सा ख्रीष्टियान समाजका अध्यक्ष सिमोन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजका महासचिव पास्टर ध्रुब बस्नेतले गरेका थिए ।


सम्बन्धित खबरहरु