आज:  | Thu, 23, Apr, 2026

पर्सा ख्रीष्टियन समाजद्वारा वीरगञ्जमा क्रिसमस शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

Avatar photo दिशा निर्देश ६ पुष २०८२, आईतवार १२:३३ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज। पर्सा ख्रीष्टियन समाजको आयोजनामा वीरगञ्जमा क्रिसमस शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगरभित्रका विभिन्न चर्चका पास्टर गुरुहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख वक्ता नेपाल राष्ट्रिय मण्डली सङ्गति अन्तर्गत युवा आयोगका राष्ट्रिय अध्यक्ष लाजरस तामाङले क्रिसमस दिवस शान्ति, प्रेम र मानवताका मूल्यहरूको प्रतीक भएको बताए। उनले समाजमा आपसी सम्मान र सद्भाव प्रवर्द्धन गर्न क्रिसमसको सन्देश महत्वपूर्ण रहेको उल्लेख गरे।

अन्य वक्ताहरू राजकुमार घिमिरे, बाबुराम क्षेत्री र पिटर कमलेश्वर सिंहले क्रिसमस डे शान्ति, एकता र सद्भावको दिनका रूपमा मनाउने परम्पराका बारेमा प्रकाश पार्दै समाजमा मेलमिलाप र सहअस्तित्व आवश्यक रहेको धारणा व्यक्त गरे।

पर्सा ख्रीष्टियन समाजका अध्यक्ष रामप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण कोइनोनिया चर्च वीरगञ्जकी जेभिना क्षेत्रीले गरेकी थिइन्।

शुभकामना आदान–प्रदान कार्यक्रमअघि वीरगञ्जमा र्‍याली समेत निकालिएको थियो। नगर परिक्रमा गरिएको उक्त र्‍यालीमार्फत शान्ति, एकता र सद्भावको सन्देश प्रवाह गरिएको अध्यक्ष घिमिरेले बताए।


सम्बन्धित खबरहरु