आज:  | Sun, 19, Apr, 2026

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

Avatar photo दिशा निर्देश २६ मंसिर २०८२, बिहीबार ११:०५ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । नेशनल मेडिकल कलेज प्रा.लि. र नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। यो सम्झौता २०८२ मंसिर २४ गते (डिसेम्बर १०, २०२५) नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय, वीरगञ्ज–१५, पर्सामा औपचारिक रूपमा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार नेशनल इन्फोटेक कलेजका बोर्ड सदस्य, कर्मचारी, खेलाडी तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूलाई नेशनल मेडिकल कलेजले विभिन्न स्वास्थ्य सेवा सुविधाहरू प्रदान गर्नेछ। सहकार्यअन्तर्गत आकस्मिक तथा आपतकालीन सेवा, क्यासलेस तेस्रो पक्ष बीमा सुविधा, अन–साइट क्लिनिक सञ्चालन, नियमित वेलनेस प्याकेज तथा अस्पतालका विभिन्न सेवामा विशेष सहुलियत उपलब्ध गराइनेछ।

यस सम्झौतामा ओपीडी, जनरल बेड, आईसीयू/एनआईसीयू/पीआईसीयू, शल्यक्रिया, प्याथोलोजी परीक्षण, एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, इको, टीएमटी, सिटी स्क्यान, एमआरआई, फार्मेसी र डेन्टल सेवासहितका उपचार र परीक्षणमा विशेष सुविधा उपलब्ध गरिने स्पष्ट उल्लेख गरिएको छ।

सम्झौतामा नेशनल मेडिकल कलेज प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक श्री शहनवाज अन्सारी र नेशनल इन्फोटेक कलेजका तर्फबाट प्रिन्सिपल इञ्जिनियर मनीष सिंहले हस्ताक्षर गर्नुभएको छ। सम्झौता एक वर्षका लागि लागू हुने र आपसी सहमतिमा नवीकरण गर्न सकिने प्रावधान राखिएको छ।

यस सहकार्यले दुवै संस्थाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै शैक्षिक संस्थामा आबद्ध व्यक्तिहरूलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने विश्वास लिइएको छ।


सम्बन्धित खबरहरु