आज:  | Sun, 19, Apr, 2026

प्रहरी दिवसको अवसरमा पर्सामा ६७ युनिट रगत संकलन

Avatar photo दिशा निर्देश ३० आश्विन २०८२, बिहीबार १५:०८ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । ७०औँ नेपाल प्रहरी दिवसको अवसरमा आज जिल्ला प्रहरी कार्यालय पर्सामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लामा देखिने रगत अभाव परिपूर्तिमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साले संयुक्त रूपमा उक्त कार्यक्रम आयोजना गरेका हुन्। कार्यक्रममा ६७ युनिट रगत संकलन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रक्तदान कार्यक्रम नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख शान्तिराज कोइराला र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदीपराज पाठकले रक्तदातालाई ‘ब्लड ब्याग’ हस्तान्तरण गरेर उद्घाटन गरेका थिए।

‘‘प्रहरी दिवसको अवसरमा हामीले विविध कार्यक्रम गर्दै आएका छौँ,’’ पर्सा प्रहरी प्रमुख पाठकले भने, ‘‘बुधबार विभिन्न धार्मिकस्थलमा सरसफाइ अभियान चलायौँ, आज रक्तदान कार्यक्रम सम्पन्न गर्यौँ र भोलि प्रहरी दिवसको मुख्य समारोह आयोजना गर्ने तयारीमा छौँ।’’


सम्बन्धित खबरहरु