काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अन्तरिम सरकारलाई देश जिम्मा लगाएर आफूहरू विदेश नभाग्ने बताएका छन्। भक्तपुरको गुण्डुमा युवा सङ्घले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले नेताहरूको पासपोर्ट रोक्का गर्ने चर्चा बीच यस्तो स्पष्टिकरण दिएका हुन्।
ओलीले भनिन्, “हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश नभाग्नेछौँ। देशलाई फेरि संवैधानिक लोकतान्त्रिक मूलधारमा फर्काउने हाम्रो लक्ष्य छ।”
उहाँले सुरक्षाको प्रत्याभूति दिलाउनु सरकारको प्रमुख कर्तव्य भएको पनि स्मरण गराए।
यसैबीच, जेनजी आन्दोलनपछि उत्पन्न नयाँ राजनीतिक परिस्थिति तथा पार्टीको भावी भूमिकाबारे छलफल गर्न एमालेको सचिवालय बैठक भोलि दिउँसो १ बजे गुण्डुस्थित ओली निवासमा बस्ने भएको छ। बैठकमा देशको समसामयिक अवस्था, संगठन सुदृढीकरण तथा आगामी कार्यक्रमबारे निर्णय हुने जानकारी एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले दिएका छन्।
