आज:  | Thu, 23, Apr, 2026

जेन–जी आन्दोलनमा दमन गर्नेहरूलाई कारबाही हुन्छ : प्रधानमन्त्री कार्की

Avatar photo दिशा निर्देश ९ आश्विन २०८२, बिहीबार १९:१४ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनमा दमन गर्नेहरूमाथि कानूनी कारबाही हुने स्पष्ट प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भनिन्, “आन्दोलनका क्रममा गोली हानी युवाहरूको हत्या गर्ने कार्यमा संलग्नलाई सख्त कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

प्रधानमन्त्री कार्कीले आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई शहीद घोषणा गरिएको र परिवारलाई आवश्यक राहत प्रदान गर्ने निर्णय गरिएको जानकारी दिइन् । त्यस्तै घाइतेहरूको निःशुल्क उपचार भइरहेको पनि उनले बताइन् ।

उनले भ्रष्टाचार नियन्त्रण गर्दै देशमा सुशासन कायम गर्न सरकार गम्भीर रहेको प्रष्ट पारिन् ।

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या हालसम्म ७५ जना पुगेको छ ।


सम्बन्धित खबरहरु