काठमाडौँ । जेनजीजका विषयमा भइरहेको विवादसहितका मुद्दामा हामी नेपाल नामक संस्थाले आइतबार रिपोटर्स क्लबमा आयोजना गरेको पत्रकार सम्मेलन कुटाकुटमा परिणत भएको छ।
पत्रकार सम्मेलनमा संस्थाका सुदन गुरुङले धारणा राखिरहँदा केही युवासँग वाकयुद्ध भएको थियो। त्यसपछि उपस्थित युवाहरूले सञ्चारकर्मीसँग समेत वादविवाद र हातपात गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो।
यसभन्दा बाहेक, पत्रकार सम्मेलनमा आएका युवाहरूबीच पनि आपसी विवाद चर्किएको थियो। केहीले कार्यक्रममा बाहिरबाट घुसपैठ भएको आशंका व्यक्त गरेका छन्।
