आज:  | Fri, 24, Apr, 2026

रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छोडिन्

Avatar photo दिशा निर्देश २९ भाद्र २०८२, आईतवार १२:२५ मा प्रकाशित (७ महिना अघि)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन् ।

पार्टी केन्द्रीय समितिलाई पत्रमार्फत जानकारी गराउँदै उनले नेतृत्वले निरन्तर गल्ती दोहोर्‍याउने तर कहिल्यै स्वीकार नगर्ने प्रवृत्तिले आफूलाई अस्वीकार्य भएको बताएकी छन् ।

‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबै सदस्यले बोकिदिनुपर्ने ? पार्टीभित्र आलोचना गर्नेहरूविरुद्ध मिडिया ट्रायल गर्ने ? यस्तो वातावरणमा रहन सक्दिन,’ उनले लेखेकी छन् ।

सोही जानकारी सार्वजनिक गर्दै श्रेष्ठले भनिन्, ‘अब खुला रूपमा आक्रमण गर्न सजिलो होस् भनेर पार्टी छाडेकी हुँ । मनलाग्दी गर्नुभए गरिरहनुहोस्, म बाहिरिसकेँ ।’


सम्बन्धित खबरहरु