आज:  | Fri, 24, Apr, 2026

 प्रधानमन्त्री कार्कीलाई बधाई सन्देशको फरक–फरक शैली

Avatar photo दिशा निर्देश २९ भाद्र २०८२, आईतवार ११:३९ मा प्रकाशित (७ महिना अघि)

काठमाडौं। उत्तरी छिमेकी चीनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई औपचारिक रूपमा बधाई दिएको छ । शनिबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले कार्कीलाई बधाई दिएका हुन् ।

तर, चीनबाट आएको यो प्रतिक्रिया राष्ट्रपति र प्रधानमन्त्रीस्तरबाट नभई प्रवक्ता स्तरमा सीमित रह्यो । यसैबीच, भारतले भने कार्कीलाई प्रधानमन्त्री बनेलगत्तै बधाई सन्देश पठाएको छ भने भारतीय राजदूत नवीन श्रीवास्तव शीतल निवासमै पुगेर शुभकामना दिएका छन्।

यता, दलाई लामाले पनि चीनभन्दा अघि नै कार्कीलाई बधाई पठाएका छन्, जुन सम्भवतः नेपालको प्रधानमन्त्रीलाई उनको पहिलो औपचारिक शुभकामना हो ।


सम्बन्धित खबरहरु