आज:  | Fri, 24, Apr, 2026

आन्दोलनपछि निर्णायक मोड: कार्की प्रधानमन्त्री, संसद् छिट्टै विघटन हुने तयारी

Avatar photo दिशा निर्देश २७ भाद्र २०८२, शुक्रबार १९:३० मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । आन्दोलनरत युवाहरूको दबाबपछि आज बेलुकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति जुटेको छ। संसद् विघटनसमेत गर्ने विषयमा रहेका प्रारम्भिक असहमति अब पछि हटेको छ।

शीतलनिवास निकट स्रोतका अनुसार, कार्कीलाई नेतृत्व सुम्पिएपछि मात्रै संसद् विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल युवाहरूको चेतावनी र आन्दोलनको दबाबपछि पछि हटेका हुन्।

आन्दोलनमा रहेका केही युवाहरूले तत्काल आन्दोलनकारी बोलाएर शीतलनिवास घेर्ने चेतावनी दिएका थिए। यस दबाबपछि पौडेलले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गरेर प्रतिनिधिसभा विघटन गर्ने निर्णय गर्न लागेको र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी भएको बताएका थिए।

स्रोतले जानकारी दिएको छ कि शीतलनिवासमा हाल प्रतिनिधिसभा विघटनको मस्यौदा र कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने पत्र तयार गर्ने काम भइरहेको छ।


सम्बन्धित खबरहरु