आज:  | Fri, 24, Apr, 2026

प्रधानमन्त्री ओली र लाओ राष्ट्रपति सिसौलिथबीच भेटवार्ता

Avatar photo दिशा निर्देश १६ भाद्र २०८२, सोमबार ०९:३६ मा प्रकाशित (७ महिना अघि)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोंगलुन सिसौलिथसँग भेटवार्ता गरेका छन्।

शाङ्घाइ सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री ओलीले सोमबार बिहान राष्ट्रपति सिसौलिथसँग दुईपक्षीय वार्ता गरेका हुन्।

ओलीको निजी सचिवालयका अनुसार, भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध तथा पारस्परिक हितका विषयमा छलफल भएको थियो।

यसअघि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग पनि भेटवार्ता गरिसकेका छन्।

सोमबार नै प्रधानमन्त्री ओलीले एससीओ शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।


सम्बन्धित खबरहरु