आज:  | Fri, 24, Apr, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही–३ उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार घोषणा

Avatar photo दिशा निर्देश १५ भाद्र २०८२, आईतवार १९:४८ मा प्रकाशित (७ महिना अघि)

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ को आगामी उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवारको रूपमा टुङ्गो लगाएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको सचिवालय बैठकले ९ जना आकांक्षीमध्येबाट थापालाई टिकट दिने निर्णय गरेको पार्टीका कार्यबाहक सभापति डीपी अर्यालले जानकारी दिए। उपनिर्वाचन कात्तिक १७ गते हुने तय भएको छ।

पार्टीका अनुसार, टिकट वितरणपछि अन्य आकांक्षीहरूले असन्तुष्ट नहुने सुनिश्चित गर्न सबै आकांक्षीहरूलाई सभापति रवि लामिछानेसँग भेटघाट गराइएको थियो। यसअघि सबै आकांक्षीले घण्टी बजाउने वाचा गर्दै हस्ताक्षरसमेत गरेका थिए।

उम्मेदवारीका लागि ७ साउन २१ गतेसम्म आवेदन मागिएको थियो। आवेदनका लागि रास्वपाले २५ हजार रुपैयाँ शुल्क तोकेको थियो। यस अवधिभित्र सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए।


सम्बन्धित खबरहरु