आज:  | Fri, 24, Apr, 2026

मधेस प्रदेशसभाको छैटौँ अधिवेशन भदौ १२ देखि सुरु हुने

Avatar photo दिशा निर्देश ६ भाद्र २०८२, शुक्रबार ०९:३६ मा प्रकाशित (८ महिना अघि)

वीरगञ्ज । मधेस प्रदेशसभाको छैटौँ अधिवेशन यही भदौ १२ गते बिहीबार दिउँसो १ बजेबाट सुरु हुने भएको छ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता सत्रुधन यादवले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख हरीशंकर मिश्रले अधिवेशन आह्वान गरेको जानकारी दिएका छन्।

विज्ञप्तिअनुसार गत भदौ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरिएको उल्लेख छ।

यसअघि सम्पन्न पाँचौँ अधिवेशनमा बजेट, कानुन निर्माण र नीतिगत छलफल भएका थिए। आगामी छैटौँ अधिवेशनमा पनि महत्वपूर्ण विधेयक र राजनीतिक एजेन्डा छलफल हुने अपेक्षा गरिएको छ।


सम्बन्धित खबरहरु