आज:  | Fri, 24, Apr, 2026

सार्वभौमिकता संरक्षणमा सरकार दह्रोसँग उभिनुपर्छ : माओवादी केन्द्र

Avatar photo दिशा निर्देश ५ भाद्र २०८२, बिहीबार १४:१५ मा प्रकाशित (८ महिना अघि)

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले लिपुलेकमार्ग भएर भारत र चीनबीच भएको पछिल्लो व्यापारिक सम्झौताप्रति आपत्ति जनाउँदै नेपाल सरकारलाई आवश्यक कूटनीतिक पहल गर्न आग्रह गरेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समय लिएर माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नेपाललाई जानकारी नै नदिई गरिएको सम्झौता राष्ट्रिय सार्वभौमिकता र अखण्डतामाथिको चुनौती भएको बताएका थिए।

‘नेपाललाई जानकारी नदिई गरिएको भनिएको सहमति प्रति आपत्ति प्रकट गर्दछौँ, विरोध गर्दछौँ,’ पाण्डेले भने, ‘राष्ट्रिय सार्वभौमिकता र अखण्डताको रक्षाका लागि सरकारले दह्रोसँग उभिएर दुवै छिमेकी मुलुकसँग प्रभावकारी कूटनीतिक र राजनीतिक पहल गर्नुपर्छ।’

माओवादी केन्द्रले उक्त विषयमा सदनलाई आवश्यक जानकारी गराउन सरकारसँग माग गरेको छ। साथै, सार्वभौमिकताको रक्षा र राष्ट्रिय हितको पक्षमा सबै दल र जनतालाई एकजुट हुन पनि आह्वान गरेको छ।

‘यस अवस्थामा राष्ट्रिय एकतालाई सबल पार्दै नेपालको सार्वभौमिकता तथा अखण्डताको रक्षा र हितमा एकजुट हुन आम जनतालाई हाम्रो दलको तर्फबाट हार्दिक अनुरोध गर्दछौँ,’ पाण्डेले सभामुखमार्फत भने।


सम्बन्धित खबरहरु