आज:  | Fri, 24, Apr, 2026

कैलाली कारागार घटना : गृहमन्त्रीको राजीनामा माग

Avatar photo दिशा निर्देश २७ श्रावण २०८२, सोमबार १७:०८ मा प्रकाशित (८ महिना अघि)

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालले कैलाली कारागारमा भएको हिंसात्मक घटनाको जिम्मेवारी लिँदै गृहमन्त्री रमेश लेखकलाई नैतिक आधारमा राजीनामा दिन माग गरेको छ।

गत शुक्रबार राति कारागारभित्र कैदीबन्दीका दुई समूहबीच भएको झडपमा भरत चौधरीको मृत्यु र ४७ जना घाइते भएपछि पार्टीले गम्भीर सुरक्षा असफलताको आरोप लगाउँदै गृहमन्त्रीको पदत्यागको माग गरेको हो।

मुक्ति पार्टीका प्रवक्ता रविन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “सुरक्षा संयन्त्र गम्भीर रूपमा असफल भएकोले गृह प्रशासनको प्रमुखको हैसियतले गृहमन्त्रीले सम्पूर्ण घटनाको जिम्मा लिँदै तत्काल राजीनामा दिनुपर्छ।

पार्टीले घटनाको कारण, पृष्ठभूमि र दोषीको पहिचानका लागि आयोग गठन गर्न, दोषीलाई कुनै राजनीतिक वा प्रशासनिक संरक्षण बिना कानुनी कारबाहीको दायरामा ल्याउन र घाइते कैदीबन्दीहरूको तत्काल उपचार तथा स्वास्थ्य सुरक्षाको व्यवस्था गर्न माग गरेको छ।

यस्तै, देशभरका कारागारमा सुरक्षा, स्वास्थ्य र मानवअधिकारका मापदण्डअनुसार सुधार तत्काल सुरु गर्न र मृतक भरत चौधरीको परिवारलाई उचित राहतसहित दीर्घकालीन न्याय सुनिश्चित गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ।


सम्बन्धित खबरहरु