आज:  | Thu, 10, Jul, 2025

प्रहरी इन्चार्ज नै मदिरामा लट्ठ, स्थानीयसँग अश्लिल गालिगलौज

Avatar photo दिशा निर्देश १५ भाद्र २०८१, शनिबार ०९:४० मा प्रकाशित (१0 महिना अघि)
Share

वीरगंज भदौ १५ : अस्थायी प्रहरी चौकी उदयपुर घुर्मीका इन्चार्ज प्रहरी सहायक निरीक्षक तेज बहादुर प्रधानले ताण्डव मच्चाएका छन् ।
मदिरा सेवन गरेर प्रधानले स्थानीयलाई जथाभावी गर्दै अश्लिलता देखाएको स्थानीयको आरोप छ ।

उनले त्यस क्षेत्रबाट खुलेआम रुपमा रातको समयमा काठतस्करहरुसँगको मिलेमतोमा तस्करी गराउने गरेको र महिनावारी पैसा असुलेर अबैध मदिरा भट्टि संचालन गर्न दिएको पाइएको छ ।

त्यस क्षेत्रमा अबैध मदिरा भट्टि संचालनमा आएका कारण घरेलु हिंसा तथा घरझगडाका घटना बढेको छ । दिनहुँजसो अवैध मदिराको सेवनबाट गाउँमा झैझगडा हुने गरेको भए पछि भट्टि संचालनमा पैसा लिएर छाड्दा घटना बढी रहेको स्थानीय सन्ताेष यादवले बताउँछन् ।

प्रहरी इन्चार्ज नै मदिरामा लट्ठिएर स्थानीयलाई अश्लिल गालिगलौज गर्दै हिँड्दा सामाजिक वातावरण विथोलिएको उनको भनाई छ ।
प्रधानलाई पर्सा प्रहरी उपरीक्षक कुमाेध ढुंगेलले विश्वास गरेर उक्त चौकीको इन्चार्जको जिम्मेवारी दिएर पठाएका हुन् ।

विश्वास गरेर पठाएका प्रहरी इन्चार्जले सामाजिक रहनसहन र अश्लिलता प्रदर्शन गर्न लागेपछि उनलाई कारबाही गर्ने हुन् कि यसै छाड्ने हुन त्यो भने हेर्न बाँकी छ ।


सम्बन्धित खबरहरु