आज:  | Mon, 13, Jan, 2025

सेयर बजारमा फाइनान्स र होटल समूहलले तोडे सबै रेकर्ड

Avatar photo दिशा निर्देश १७ श्रावण २०८१, बिहीबार २१:३५ मा प्रकाशित (५ महिना अघि)
Share

सेयर बजारको परिसूचक नेप्सेले उच्च अंकको रेकर्ड नतोड्दै फाइनान्स र होटल समूहले भने सबै रेकर्ड तोडेका छन् । यी दुवै सेक्टर अहिलेसम्मकै उच्च विन्दुमा पुगेका छन् ।

बिहीबार समग्र बजार घट्दा पनि यी दुई समूह बढे । फाइनान्स समूह १.७७ प्रतिशत र होटल तथा पर्यटन समूह ०.३५ प्रतिशत बढे ।

फाइनान्स समूहको सूचक ३५६८ अंकमा पुगेको छ, जुन अंक हालसम्मकै उच्च हो । फाइनान्स समूह विगत एक महिनामा ४८ प्रतिशत बढेको छ भने विगत एक वर्षमा ९७ प्रतिशत बढिसकेको छ । फाइनान्स समूहमा १५ कम्पनी सूचीकृत छन् ।

त्यस्तै होटल तथा पर्यटन समूहको सूचक ७ हजार २७३ अंकमा पुगेको छ । यो समूह विगत एक महिनामा ३७ प्रतिशत बढेको छ भने एक वर्षमा ३१ प्रतिशत बढेको छ । यो समूहमा ६ कम्पनी सूचीकृत छन् ।


सम्बन्धित खबरहरु