आज:  | Sat, 08, Feb, 2025

अब इमेल नभएकाले समेत गुगल ड्राइभमा फाइल शेयर गर्न सक्ने

Avatar photo दिशा निर्देश १५ भाद्र २०७९, बुधबार १३:०८ मा प्रकाशित (२ साल अघि)
Share

काठमाण्डाै – लामो समयदेखि गुगल ड्राइभमा राखिएको फाइल शेयर गर्न र उक्त फाइलमा पहुँच बनाउन जिमेल अकाउन्ट अनिवार्य थियो ।

ड्राइभमा पहुँच बनाउनका लागि गुगल अकाउन्ट नै आवश्यक पर्ने यो फिचरको धेरैले खण्डन गर्दै आएका थिए । तर, अब भने गुगलले उक्त समस्या समाधान गरेको जनाइएको छ ।

कम्पनीले अब गुगल ड्राइभमा पहुँच बनाउनका लागि गुगल अकाउन्ट आवश्यक नपर्ने जनाएको छ । यससँगै अन्य कुनै पनि ईमेल अकाउन्ट भएका साथीहरूलाई समेत ड्राइभमा रहेको फाइल शेयर गर्न सकिने छ ।

साथै त्यस्ता ईमेलबाट समेत सोझै ड्राइभमा पहुँच बनाउन, त्यसमा कमेन्ट गर्न र एडिट गर्न सकिने छ । यसैगरी जिमेल बाहेकका ईमेलबाटै कसैले शेयर गरेको कुनै फोल्डरमा फाइल अपलोड गर्न समेत सकिने कम्पनीले आफ्नो ब्लग पोस्टमार्फत जानकारी दिएको छ ।


सम्बन्धित खबरहरु