आज:  | Sun, 26, Jun, 2022

पर्सामा २१ वर्षिय युवक गाउँपालिका प्रमुखमा निर्वाचित

दिशा निर्देश ४ जेष्ठ २०७९, बुधबार १४:५९ मा प्रकाशित (१ महिना अघि)

वीरगन्ज, ४ जेठ : पर्सामा २१ बर्षिय युवक पालिका प्रमुखमा निर्वाचित भएका छन् ।
पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का २१ वर्षीय वशीष्ट कुमार गुप्ता निर्वाचित भएका हुुन् ।

निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अजय कुमार कुर्मीलाई ११७ मत अन्तरले पराजित गर्दै जसपाका गुप्ता , गाँउपालिका अध्यक्षमा विजयी भएका हुन् । गुप्ताले ३७४३ मत पाएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी काँग्रेसका कुर्मीले ३६२६ मात्रै मत पाएको निर्वाचन अधिकृत प्रकाश कोइरालाले जानकारी दिए ।

यस्तै कालीकामाइ गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी राजमति बरैनी ३९८२ मतका साथ निर्वाचित भएकी छिन् ।उनका निकटम प्रतिद्वन्द्वी जसपाकी सहानी खातुनले ३८५९ मत पाएकी छिन् ।
५ वटा वडा रहेको कालीकामाइ गाँउपालिकामा ३ वटा वडा जसपाले जित्दा कांग्रेस र एमालेले १/१ वटा वडा जितेका छन् ।
कालीकामामइ गाँउपालिका अध्यक्षमा गुप्ता विजयी भएसँगै पर्सा जिल्लामा जसपाले अहिले सम्म दुई वटा पालिकाा जित हासिल गरेको छ । यसअघि जिल्लाको धोविनी गाउँपालिका अध्यक्षमा जसपाका मदन चौहान अध्यक्षमा विजयी भएका छन् । १४ वटा स्थानीय तह रहेको पर्सा जिल्लामा हालसम्म ३ पालिकाको मात्रै नतिजा सार्वजनिक भएको छ ।


सम्बन्धित खबरहरु