आज:  | Sun, 26, Jun, 2022

वीरगन्जकाे वडा नम्बर ३० मा जसपाका मनोज यादव विजयी

दिशा निर्देश ३ जेष्ठ २०७९, मंगलवार १६:४१ मा प्रकाशित (१ महिना अघि)

वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३० मा पनि जनता समाजवादी पार्टी (जसपा) ले जित हात पारेको छ ।
वडा नम्बर ३० मा जसपाका मनोज कुमार यादव वडा अध्यक्षमा विजयी भएका हुन् ।

मङगलबार सकिएको उक्त वडाको मतगणनाको अन्तिम नतिजा अनुसार , नेपाली काँग्रेसका उम्मेदवार अली हुसेन देवानलाइ ५५ मतकाे अन्तरले पछि पार्दै जसपाका यादव वडाअध्यक्षमा बिजयी भएका हुन् ।

यादवले ६ सय ४१ मत पाएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका देवानले ५ सय ८६ मत पाएका छन् ।
यसअघिका वडा अध्यक्ष एंव एमालेका उम्मेदवार अमानत मियाँ भने ५२४ मत प्राप्त गरि तेश्रो स्थानमा रहेका छन् ।
योसंगै जसपाले वीरगन्ज महानगरमा अहिले सम्म ३ वटा वडामा जित हासिल गरिसकेको छ ।


सम्बन्धित खबरहरु