आज:  | Fri, 24, Apr, 2026

काठमाडौंको शङ्खरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित

Avatar photo दिशा निर्देश ३ जेष्ठ २०७९, मंगलवार १६:२७ मा प्रकाशित (३ साल अघि)

काठमाडौंको शङ्खरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापित मेयरमा विजयी भएका छन्।

निर्वाचन अधिकृत सीता निरौला फुयालका अनुसार नापित विजयी भएका हुन्।
अन्तिम मतपरिणाम भने केही बेरमा सार्वजनिक गरिनेछ।

उमप्रमुखमा भने कांग्रेसकी समिता श्रेष्ठ विजयी भएका छिन्।
यो पालिकामा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ।

तर पनि समाजवादीका मेयर उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठ पराजित भएका छन्।

यो पालिकामा मेयर र उपमेयरमा एमाले तेस्रो भएको छ।
योसँगै काठमाडौंको चौथो नगरपालिकाको नतिजा आएको छ। यसअघि दक्षिणकाली, कीर्तिपुर र तारकेश्वरको नतिजा आएको थियो। तीनै नगरपालिकामा कांग्रेसले मेयर जितेको थियो।


सम्बन्धित खबरहरु