३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ११ हजार ३ सय ४३ मतले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।
अहिलेसम्म २८ हजार ७ सय मत गन्दा शाहले ११ हजार ३ सय ४३ मतसहित अग्रता लिएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापित ६ हजार २ सय ५८ मत ल्याएका छन् ।
मेयरमै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार ४ सय ८ मत प्राप्त गरेकी छिन् । राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ९ सय ७८ मत प्राप्त गरेका छन्।
यस्तै उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले पनि फराकिलो अग्रतालाई कायमै राखेकी छिन् ।
