आज:  | Fri, 24, Apr, 2026

कामपामा स्थापितलाई ठूलो मतान्तरले पछाडी पार्दै बालेन अग्रस्थानमा

Avatar photo दिशा निर्देश ३ जेष्ठ २०७९, मंगलवार १२:३८ मा प्रकाशित (३ साल अघि)

३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाकाे मत गणना जारी छ । जारी मत गणनामा स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा ‘एमाले’का केशव स्थापितलाई ठूलो मतान्तरले पछाडी पारिरहेका छन्।

मतगणना सुरु भएयतानै यी दुई प्रतिस्पर्धीबीच मतान्तर बढिरहेको छ। बालेनले अग्रता लिइरहेका छन्। मंगलबार बिहानको पछिल्लो मतपरिणामअनुसार बालेनले १० हजार ७ सय ९७ मत प्राप्त गरेका छन्।

मतगणना सुरु भएदेखिनै उनी अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका स्थापितले ५ हजार ७ सय ८७ मत प्राप्त गरेका छन्।

यसैगरी तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह छिन्। उनले ५ हजार ७४ मत प्राप्त गरेकी छिन्।


सम्बन्धित खबरहरु