आज:  | Fri, 24, Apr, 2026

वीरगञ्ज महानगरमा जसपाले खाता खोल्यो, वडा नम्बर ३२ मा रियाज अहमद बिजयी

Avatar photo दिशा निर्देश २ जेष्ठ २०७९, सोमबार १४:०१ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज : मधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) ले जितको पहिलो खाता खोलेको छ। महानगरको जारी मतगणनामा वीरगन्ज महानगरपालिका वडा नम्बर ३२ को वडा अध्यक्षमा जसपाका रियाज अहमद मिया विजयी भएका छन्।
मिया वडा अध्यक्षमा विजयी भएसंगै महानगरमा जसपाले जितेको पहिलो खाता खोलेको हो। वडा अध्यक्षमा निर्वाचित मियाले १०९९ मत ल्याउनु भएको हो। उहाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बासदेव राउत अहिरले ९५२ मत मात्रै पाए। एमालेका उम्मेदवार अहिरलाइ १४७ मतले पछि पार्दै मिया वडा अध्यक्षमा निर्वाचित भएका हुन्।

२०७४ को निर्वाचनमा पनि मिया वडा अध्यक्षमा निर्वाचित भएका थिए। त्यस बेला उनले ८९० मत पाएका थिए।


सम्बन्धित खबरहरु