आज:  | Fri, 24, Apr, 2026

गठबन्धनका उपमेयरका साझा उम्मेदवार इम्तियाज आलमको लोकप्रियता बढदै

Avatar photo दिशा निर्देश २४ बैशाख २०७९, शनिबार ०९:५८ मा प्रकाशित (३ साल अघि)

बीरगन्ज, २४ बैशाख-बीरगन्ज महानगरका लागि गठबन्धनका उपमेयरका साझा उम्मेदवार इम्तियाज आलमको पक्षमा जनलहर बढ्दै गएको छ । आलमले पनि चुनाव नजिकिएसँगै चुनावी घरदैलोलाई तिब्र बनाएका छन् । घरदैलोको क्रममा उनको पक्षमा जनलहर बढ्दो छ ।

बीरगन्ज महानगरपालिका वार्ड नं २३ प्रसौनी विर्ता र सबैठवामा घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो । सो वार्डबाट आफुले अधिक मत पाउनेमा आफु पुर्ण विश्वस्त रहेको कुरा उनले भने ।

घरदैलो कार्यक्रममा नेवि संघका जिल्ला सभापति विकास तिवारी, पुर्व स्ववियू सदस्य धर्मराज यादव लगायतका विद्यार्थी नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहनुका साथै वार्डबासीहरुको उपस्थितिले माहौल उत्साहजनक बनाएको थियो ।

अब बाँकी वडामा घरदैलो कार्यक्रमलाई निरन्तरता दिईने कुरा उम्मेद्वार आलमले जानकारी दिए ।


सम्बन्धित खबरहरु