आज:  | Thu, 23, Apr, 2026

युवा नेता मनाेज राउत कुर्मीलाई जिताउन वडावासीको आह्वान

Avatar photo दिशा निर्देश १६ बैशाख २०७९, शुक्रबार १६:०१ मा प्रकाशित (३ साल अघि)

वीरगञ्ज १५ बैशाख । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयांका वडा अध्यक्ष पदका उम्मेदवार मनाेज राउत कुर्मी प्रति जनलहर बढ्दै गएको छ ।

जनता समाजवादी पार्टी नेपालको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार कुर्मीलाई जिताउन स्थानीयहरुले आफै भोट माग्न थालेका हुन् ।

शुक्रबार आयोजित घरदैलो कार्यक्रममा स्थानीयहरुले वडाको विकास युवाहरुले मात्र गर्न सक्ने बताउँदै कुर्मीलाई जिताउने बताएका थिए ।

वडावासीले यसअघि निर्वाचित भएर आएका जनप्रतिनिधिले विकासभन्दा पनि कार्यकर्ता र आफ्ना आसेपासेलाई मात्र सहयोग गरेको बताउँदै युवा नेता मनाेज राउत कुर्मीलाई जिताउने बताए ।

त्यसैगरी वडावासीले महानगरपालिकाको गठबन्धनका मेयर पदमा राजेशमान सिंह र उपमेयरमा इम्तियाज आलमलाई जिताउने बताए ।


सम्बन्धित खबरहरु