वीरगन्ज– वीरगन्ज महानगरपालिकाको मेयरमा राप्रपाबाट गिरीश गिरीले उम्मेदवारी दर्ता गराएका छन्। उपमेयरमा विना जैसवाल कुर्मीले उम्मेदवारी दिएकी छन्।
सोमबार निर्वाचन अधिकृतको कार्यालय पुगेर दुबै जनाले राप्रपाका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्।
गिरी वीरगञ्जका पूर्वमेयर स्व. गोपाल गिरीका छोरा हुन्। वीरगञ्जको मेयर रहेकै बेला तत्कालीन विद्रोही माओवादीले उनको हत्या गरेको थियो। ![]()
उपमेयरमा उम्मेदवारी दिएकी विना राप्रपाका नेता स्व. गोकुल कर्मीको बुहारी हुन्।
लेखक तथा पत्रकार गिरीलाई राप्रपाले दुई दिनअघि मात्रै वीरगञ्ज महानगरमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
