११ वैशाख, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीको स्वकीय सचिवले उम्मेदवारी दिएका छन् । जनता समाजवादी पार्टीको तर्फबाट स्वकीय सचिव दिपक प्रसाद यादवले उम्मेदवारी दिएका हुन् । उनी जनता समाजवादी पार्टीको मधेस प्रदेश समिति सदस्य पनि हुन् ।
पटेर्वासुगौली स्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार उपाध्यक्षमा स्वतन्त्र तर्फबाट एक जना उपाध्यक्षको उम्मेदवारी पनि परेको छ । मिनादेवी थरुनीले उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।
वडा नं १ मा जसपाको तर्फबाट बसरुदिन मियाँ अन्सारी, वडा नं ५ को वडा अध्यक्षमा जसपाकै तर्फबाट भिखारी देवान र वडा नं २ मा द्वारिकाप्रसाद उपाध्यायले स्वतन्त्र उम्मदेवारी दिएको निर्वाचन अधिकृत गौतम भण्डारीले जानकारी दिए ।
त्यसै गरि पर्साको पकाहा मैनपुर गाउँपालिका अध्यक्षका लागि तीन जनाले उम्मेदवारी दिएका छन् ।
पकाहा मैनपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष विजयकुमार चौरसिया, ज्योति कुमारी र प्रभु प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएका हुन् ।
निवर्तमान अध्यक्ष चौरसियाले जनता समाजवादी पार्टी, ज्योति कुमारीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तथा सुशासन पार्टीबाट प्रभु प्रसाद पटेलले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कृष्णप्रसाद देवकोटाले जानकारी दिए ।
