आज:  | Thu, 23, Apr, 2026

जनकपुरमा मेयरका उम्मेदवार एमाले प्रवेश

Avatar photo दिशा निर्देश ६ बैशाख २०७९, मंगलवार १२:०० मा प्रकाशित (४ साल अघि)

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा परित्याग गरी मेयरका उम्मेदवार नेकपा एमाले प्रवेश गरेका छन्। जनकपुरधाम वार्ड न ७ का वड़ा अध्यक्षसमेत रहेका जानकिराम साह मंगलबार लोसपा परित्याग गरी विधिवत रुपमा नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका हुन्।

पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई टिका र खादा लगाई पार्टी प्रवेश गराएका छन्। मेयरका प्रत्यासी रहेका साहले ओलिसङको भेटमा जानकी मन्दिर अंकित फोटो प्रदान गरेका छन्। जनकपुरमा मधेशवादी दलहरुप्रति असन्तुष्टि जनाउँदै पछिल्लो चरणमा यहाँका अधिकाश मधेश आन्दोलनका अगुवा युवाहरु एमाले प्रवेश गरिसकेका छन्।
मधेश आन्दोलनमा सकृय भुमिका निर्वाह गरेका सरोज मिश्र, सुशील कर्ण, जानी खान मधेशी, शिव शंकर साह हिरासहितका दर्जनौं युवा मधेशवादी शक्ति छाडेर एमालेमा प्रवेश गरेका छन्।


सम्बन्धित खबरहरु