आज:  | Tue, 21, Apr, 2026

सुनको भाउ आज १३ सय रुपैयाँले बढ्यो

Avatar photo दिशा निर्देश २५ कार्तिक २०७८, बिहीबार १०:५१ मा प्रकाशित (४ साल अघि)

काठमाण्डौ  सुनको भाउ आज १३ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९२ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९४ हजार रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तीन दिनसम्म स्थिर रहेको चाँदीको भाउ आज भने बढेको हो ।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा पुगेको छ ।


सम्बन्धित खबरहरु