वीरगञ्ज – कोअपरेटिभ लिडर क्लब पर्साको आयोजनामा बिहीबार सहकारी शिक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम वीरगञ्जमा सम्पन्न भएको छ ।
गाउँगाउँसम्म सहकारीका बारेमा जानकारी पुगोस र सहकारी मार्फत ग्रामिण क्षेत्रका बासिन्दाको आयआर्जन सुध्रियोस भनेर क्लबले सहकारी शिक्षा सम्बन्धि अभिमुखिकरण तालिम आयोजना गरेको हो ।
क्लबको आयोजना र नेफस्कुन वीरगञ्जको प्राविधिक सहयोगमा वीरगञ्ज महानगरपालिका २४ मा रहेको श्री शारदा माविमा आयोजित कार्यक्रममा विभिन्न स्थानका सहकारीकर्मीका साथै स्थानीय नागरिकको सहभागिता रहेको थियो ।
क्लबका अध्यक्ष रामनिवास देहातीको सभापतित्व र जिल्ला बचत संघ पर्साका राजेश पंण्डितको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा रामनारायण मिश्र, राजेन्द्रप्रसाद जयसवाल, डिल्ली विक्रम कार्की, बृजेश गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
