काठमाण्डाै – न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओमा २३ लाख ५७ हजार १६६ जनाको आवेदन परेको छ ।
असोज १५ गतेदेखि सार्वजनिक निष्कासनमा आएको आईपीओमा मंगलबार साझसम्म २ करोड ९४ लाख ७७ हजार ६५० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा १४ गुणा बढी आवेदन हो ।
कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि आज शुक्रबारदेखि आवेदन खुला गरेको थियो ।
