बिरगञ्ज – वीरगञ्जकाे वडा नं. १२ मा रहेकाे मुर्ली पाेखरीमा डुबेर २ जनाकाे ज्यान गएकाे छ ।
वीरगञ्ज १५ का दिनेशप्रसाद साहका १७ वर्षीय छाेरा मुन्ना साह र साेही ठाउँ बस्ने उमेशप्रसाद साहका छाेरा १२ वर्षीय प्रितम गुप्ताकाे ज्यान गएकाे हाे ।
शनिबार दिउँसाे पाैडी खेल्न पाेखरी पसेका उनीहरु साँझसम्म नफर्किएपछि खाेजि गर्ने क्रममा राति १० बजे पाेखरीमा शव फेला परेकाे थियाे ।
घरबाट खेल्न भनेर निस्किएका उनीहरु नुहाउन पाेखरीमा गएका थिए । साँझसम्म घर नफर्किएपछि आफन्त र परिवार खाेजिमा निस्किएका थिए ।
खाेजी गर्ने क्रममा पाेखरी नजिक उनीहरुले लगाएकाे लुगा तथा चप्पल भेटिएपछि प्रहरीले पाेखरीमा खाेजी गरेकाे थियाे ।
प्रहरीले पोखरीमा साँझ ६ बजेदेखि खोजी गर्दा ४ घण्टापछि करिब राती १० बजेको समयमा उनीहरुको शव फेला पारेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गाैतमले जानकारी दिए ।
दुबै जना सगरमाथा बोर्डिङ्ग स्कुलमा अध्ययनरत रहेका थिए । डुबेर ज्यान गुमाउने आशिष र प्रितम क्रमश: सगरमाथा बोर्डिङ्ग स्कुमा कक्षा ९ र ६ मा अध्यनरत थिए ।
