आज:  | Sun, 26, Apr, 2026

बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

Avatar photo दिशा निर्देश १२ बैशाख २०८३, शनिबार १७:०१ मा प्रकाशित (२३ घण्टा अघि)

अत्यधिक वर्षा र प्रतिकूल मौसमका कारण बीपी राजमार्गमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार लगातारको वर्षाका कारण सडकमा पहिरो तथा दुर्घटनाको जोखिम बढेकाले यात्रु सुरक्षालाई प्राथमिकता दिँदै तत्कालका लागि राजमार्ग बन्द गर्ने निर्णय गरिएको हो।

वर्षा रोकिएपछि सडकको अवस्था हेरेर यातायात सञ्चालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ‘मौसममा सुधार आई सडकमार्गमा कुनै अवरोध नभएको अवस्थामा जिल्ला प्रहरी कार्यालयले अर्को सूचना प्रकाशन गरी बाटो सुचारु भएको जानकारी गराउनेछौँ,’ सूचनामा भनिएको छ।

अर्को सूचना जारी नभएसम्मका लागि राजमार्ग बन्द रहने भएकाले सतर्कता अपनाउन भनिएको छ। प्रहरीले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गर्दै थप जानकारीका लागि १०० र १०३ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ।


सम्बन्धित खबरहरु