वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवनको भरतपुरबाट रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा बाक्लो हुस्सुका कारण उडान अवरुद्ध भएपछि उनी बुद्ध एयरको जहाजमार्फत भरतपुर पुगेका हुन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एक जना अधिकृतका अनुसार लामिछानेलाई प्रहरीको गाडीमार्फत रुपन्देही लगिने क्रम सुरु गरिएको छ। उनको साथमा केन्द्रीय कारागारका डीएसपी जेसी शाह पनि रहेका छन्।
लामिछानेलाई शुक्रबार रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइने तयारी छ। शुक्रबार बिहान ८ बजे नै उनलाई भैरहवा विमानस्थल पुर्याइए पनि मौसम प्रतिकूल भएकाले विमानस्थलमै लामो समय रोकिएको जनाइएको छ।
