बारा। सप्तरीको बोदेबर्साइन नगरपालिकास्थित सशस्त्र प्रहरी क्याम्पमा कार्यरत बाराका एक सशस्त्र प्रहरी हबलदारको आज बिहान मृत्यु भएको छ।
मृत्यु हुनेमा बारा जिल्लाको पचरौता नगरपालिका–८ अमरपटी घर भएका ३५ वर्षीय सशस्त्र प्रहरी हबलदार जितेन्द्र यादव रहेका छन्।
सशस्त्र प्रहरी बल राजविराज कार्यालयका अनुसार बोदेबर्साइन नगरपालिका–५ स्थित क्याम्पमा कार्यरत यादव बिहान शौचालय जाने क्रममा एक्कासी लडेका थिए। लडेपछि उनको अवस्था गम्भीर बनेको र उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
