आज:  | Fri, 01, May, 2026

सर्लाहीमा ४० बिघा अवैध गाँजा खेती फँडानी

Avatar photo दिशा निर्देश ३० मंसिर २०८२, सोमबार ०८:५६ मा प्रकाशित (४ महिना अघि)

सर्लाही । सर्लाही प्रहरीले ठूलो मात्रामा अवैध रूपमा लगाइएको गाँजा खेती फँडानी गरेको छ। जिल्लाको लालबन्दी नगरपालिका–१४ स्थित मायास्थान चुरे क्षेत्रभित्र फैलिएको करिब ४० बिघा क्षेत्रफलमा लगाइएको अवैध गाँजा खेती नष्ट गरिएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली खटाई अवैध रूपमा लगाइएका २ लाखभन्दा बढी गाँजाका बोट फँडानी गरिएको हो। फँडानी कार्यमा करिब १३० जना सुरक्षाकर्मी सहभागी रहेका थिए।

चुरे क्षेत्रलाई लागुऔषध खेतीबाट मुक्त राख्ने उद्देश्यसहित नियमित अनुगमनका क्रममा उक्त अवैध गाँजा खेती फेला परेपछि फँडानी गरिएको प्रहरीले जनाएको छ। यससम्बन्धी थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।


सम्बन्धित खबरहरु