आज:  | Fri, 01, May, 2026

गहवामाई मन्दिर परिसरको पुनः सौन्दर्यकरण सुरु

Avatar photo दिशा निर्देश ३० मंसिर २०८२, सोमबार ०८:४० मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको वीरगञ्जस्थित गहवामाई मन्दिर परिसरको पुनः सौन्दर्यकरण तथा व्यवस्थापन कार्य सुरु गरिएको छ। गत भदौ २४ गते भएको जेन–जी आन्दोलनका क्रममा मन्दिर परिसरमा लगाइएको छेकबार तोडफोड भई क्षेत्र अस्तव्यस्त बनेपछि पुनः व्यवस्थापनको आवश्यकता देखिएको थियो।

तोडफोडका कारण मन्दिर क्षेत्रको सुरक्षा, सौन्दर्य तथा आवागमन व्यवस्थापनमा समस्या देखिन थालेपछि वीरगञ्ज महानगरपालिकाले आजबाट पुनः सौन्दर्यकरण तथा पुनः व्यवस्थापनको काम अघि बढाएको जनाएको छ।

वीरगञ्जको प्रमुख धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको गहवामाई मन्दिरको संरक्षण, सुरक्षा र सौन्दर्य कायम राख्नु आवश्यक रहेको भन्दै महानगरपालिकाले बिहानैदेखि काम सुरु गरेको हो।

महानगरपालिकाका अनुसार मन्दिर परिसरको संरचनागत सुधार, सुरक्षित छेकबार निर्माण तथा आवागमनलाई व्यवस्थित गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ।


सम्बन्धित खबरहरु