आज:  | Fri, 01, May, 2026

सशस्त्र प्रहरीद्वारा ९१ किलो लागु औषध गाँजा बरामद

Avatar photo दिशा निर्देश २७ मंसिर २०८२, शुक्रबार ०८:४३ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । पर्सामा सशस्त्र प्रहरी बलले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ। भारततर्फ ओसारपसार गर्दै गरिएको अवस्थामा प्रहरीले ९१ किलो गाँजा नियन्त्रणमा लिएको हो।

तस्करी नियन्त्रण अभियानअन्तर्गत ठोरी गाउँपालिका–४, निर्मल बस्तीबाट गाँजा फेला पारिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ।

सिमावर्ती क्षेत्रमा बढ्दो लागुऔषध ओसारपसार तथा अवैध तस्करीले समाजमा दीर्घकालीन नकारात्मक असर पारिरहेको भन्दै सशस्त्र प्रहरीले पर्सा क्षेत्रमा निगरानी झनै कडा बनाएको छ। सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनका अनुसार तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउन निरन्तर कारबाही र नियमित गस्ती थप तीव्र बनाइएको छ।


सम्बन्धित खबरहरु