वीरगञ्ज । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र सहायक निरीक्षक पदका लागि नयाँ भर्ना खुलाएको छ।
आज जारी गरिएको सूचनामा प्रहरी निरीक्षकका लागि २१ जना र सहायक निरीक्षकका लागि ४३८ जना दरबन्दीमा आवेदन माग गरिएको उल्लेख छ। योग्यता पुगेका इच्छुक नागरिकले प्रहरी निरीक्षक पदका लागि माघ ५ गतेसम्म र सहायक निरीक्षक पदका लागि माघ ८ गतेसम्म आवेदन दिन सक्ने सूचनामा जनाइएको छ।
