आज:  | Fri, 01, May, 2026

उपभोक्ता संरक्षण विभागद्वारा चार फर्मलाई कारबाही

Avatar photo दिशा निर्देश २४ मंसिर २०८२, मंगलवार ०९:४४ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार वटा उद्योग तथा फर्मलाई कारबाही गरेको छ।
केन्द्रस्तरको अनुगमन टोलीले मध्यपुरथिमीस्थित न्यानो नेपाली सिरक उद्योगलाई २० हजार रुपैयाँ जरिवाना गर्दै कारबाही प्रक्रिया अघि बढाएको विभागले जनाएको छ।

यस्तै, भक्तपुरको सल्लाघारीस्थित श्री चोङ्गा गणेश हार्डवेयर र कृष्ण प्लाइउड एण्ड पेन्टलाई समान १०–१० हजार रुपैयाँ जरिवाना गरिएको छ।
त्यसैगरी, काठमाडौं महानगरपालिका–१६ मा रहेको इमरान रेडिमेडलाई पनि १० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जानकारी दिएको छ।

विभागका अनुसार ती फर्महरूलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ तथा दफा ३८ को ‘घ’ बमोजिम कारबाही गरिएको हो।

सोमबार विभागले काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न १५ फर्ममा अनुगमन गरेको थियो।
अनुगमनमा परेका फर्ममध्ये ११ वटा फर्मलाई आवश्यक सुधार गर्न र कानुनको पूर्ण पालना गर्न निर्देशन दिइएको विभागले उल्लेख गरेको छ।


सम्बन्धित खबरहरु