वीरगञ्ज। बिपिएस प्लस टु कलेज मा कक्षा १२ का विद्यार्थीले नयाँ सत्रका कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई विशेष कार्यक्रममार्फत स्वागत गरेका छन्। शुक्रबार हाेटल भिस्वामा आयोजित कार्यक्रमका बीच विद्यार्थीहरूलाई स्वागत गरिएकाे हाे।
कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी भाेला दहालले देशमै अवसर नदेखेर विदेशिने संस्कार बढ्दै गएको बताउँदै यसप्रति चिन्ता व्यक्त गरे। उनले आफ्नो क्षमतामा भरोसा राखेर स्वदेशमै अध्ययन र करियर बनाउनेतर्फ विद्यार्थीलाई प्रेरित गरे।
“देशका सार्वजनिक संरचना र सम्पत्ति जोगाउने जिम्मा पनि युवाकै हो। आन्दोलनको नाममा तोडफोड गर्नु भविष्यप्रति गैरजिम्मेवारी हो,” दहालले भने।
कार्यक्रममा वीरगञ्ज जेसिजका अध्यक्ष सरोज चौरसियाले विद्यार्थीको नेतृत्व क्षमता, व्यक्तित्व विकास र सामाजिक चेतनालाई यस्ता कार्यक्रमले बलियो बनाउने बताए।
मानव सेवा आश्रमका अभियन्ता देवेश गुप्ताले शिक्षासँगै सामाजिक उत्तरदायित्व बोध पनि विद्यार्थीले सिक्नुपर्नेमा जोड दिए।
नेपाल पत्रकार महासंघ पर्साका सहसचिव एसके चौरसियाले विद्यार्थीले पुस्तक मात्र नभएर समाज, सञ्चार र परिवेशबाट पनि निरन्तर सिकिरहनुपर्ने धारणा राखे। उनले आजका युवाले सामाजिक मूल्य, मान्यता र जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने बताए।
कलेजका शैक्षिक निर्देशक दिपक पटेलले बिपिसी प्लस टु कलेजले विद्यार्थीको शैक्षिक, वैचारिक र व्यवहारिक विकासका लागि कुनै कमी राख्ने छैन भन्दै नयाँ सत्रबाट थप प्रभावकारी कार्यक्रम ल्याइने जानकारी दिए।
कलेजका एचआर निर्देशक सन्दीप कुशवाहाले विद्यार्थीको क्षमता पहिचान गर्दै सही दिशातर्फ अघि बढाउन कलेज प्रतिबद्ध रहेको बताए।
स्वागत मन्तव्य शिक्षक दिपक खत्रीले दिएका थिए।
कार्यक्रममा विद्यार्थीले नृत्य, गीत र रचनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रममा कलेजका शिक्षक, शिक्षिकासहित पत्रकार लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रमको सहजीकरण कक्षा १२ का सञ्जना पटेल र विशाल साहले गरेका थिए।
