वीरगञ्ज। बुधबार छपकैया–३ स्थित एम ई एस माध्यमिक विद्यालयको प्राङ्गणमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बालविवाहविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरूलाई बालविवाहका हानिकारक प्रभाव र यसबारे सचेत रहनुपर्ने विषयमा जानकारी दिइएको थियो। कार्यक्रमको अध्यक्षता सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराइले गरेका थिए। विद्यालयका निर्देशक इमामुदिन अहमद र प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक एकनाथ भट्टराई कार्यक्रममा सहभागिता जनाएका थिए।
विद्यालय निर्देशक इमामुदिन अहमदले भने, “बालविवाह रोक्नका लागि परिवार र विद्यालयले सँगै काम गर्नु अत्यन्त जरुरी छ। हामी हाम्रा विद्यार्थीहरूलाई यसबारे सचेत बनाइरहन्छौं।
कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरू, विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी र प्रहरी कर्मचारीहरूको उपस्थिती रहेको थियो। आयोजकहरूले कार्यक्रमले बालविवाहविरुद्धको जनचेतना फैलाउने उद्देश्य सफलता पूर्वक सम्पन्न भएकाे छ।
कार्यक्रममा माइती नेपालकी प्रमुख गोमा पौडेल, अनिसा गौतम, अब्दुल हक असारी, प्रहरी बिट छपकैया इन्चार्ज शिवरतन महतो, प्रहरी जवान सुरेन्द्र प्रसाद साहसहित विद्यालयका शिक्षक–शिक्षिका र विद्यार्थीहलगाएतकाे सहभागी रहेकाे थियाे।
