वीरगञ्ज । पर्सा प्रहरीले विशेष सूचनाका आधारमा ठूलो परिमाणको चरेश बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ।
मंगलबार बिहान वीरगञ्ज महानगरपालिका–१५, प्रतिमा चोक नजिकै गस्तीमा खटिएको प्रहरी टोलीले संकास्पद रूपमा हिँडिरहेका एक व्यक्तिलाई रोकेर जाँच गर्दा प्लास्टिकले बेरिएको अवस्थामा १० किलो चरेश फेला परेको प्रहरीले जनाएको छ।
पर्साको धोबिनी गाउँपालिका–५ का ४८ वर्षीय सम्सुल मियाँले बोकेको कालो ब्यागमा उक्त पदार्थ लुकाइ राखिएको पाइएको थियो। प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ।
प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार सम्सुल मियाँलाई लागु औषधसम्बन्धी कसूरमा कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।
