वीरगञ्ज । राष्ट्रिय मानव अधिकार आयोगले बाराको सिमरामा उत्पन्न तनावबारे गम्भीर ध्यानाकर्षण गराउँदै शान्ति–सुरक्षा मजबुत बनाउन सरकारलाई निर्देशन दिएको छ। जेन–जी समूह र एमाले कार्यकर्ताबीच भएको झडपपछि क्षेत्र तनावग्रस्त बनेको उल्लेख गर्दै आयोगले तत्काल स्थिति सामान्य पार्न सरकारलाई आग्रह गरेको छ।
आयोगले यस्ता घटना पुनः नदोहोरिने वातावरण सिर्जना गर्न, अभिव्यक्ति तथा विचार स्वतन्त्रताको सम्मान सुनिश्चित गर्न, घटनाको छानबिन गर्न तथा घाइतेहरूको प्रभावकारी उपचार व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा आयोगले सिमरा घटनाको अनुगमन जारी राखेको उल्लेख छ।
