आज:  | Fri, 01, May, 2026

सिमरा तनावपछि प्रधानमन्त्री कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाइन्

Avatar photo दिशा निर्देश ५ मंसिर २०८२, बिहीबार १६:२८ मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । बारासहित देशका विभिन्न क्षेत्रमा सुरक्षा संवेदनशीलता बढ्दै गएपछि प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेकी छन्।

विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेले फागुन २१ को निर्वाचन प्रभावित हुन सक्ने आशंका व्यक्त गरिरहेका बेला सिंहदरबारमा सुरक्षा परिषद्को बैठक बसेको हो।

बैठक बिहीबार दिउँसो सिंहदरबारस्थित सुरक्षा परिषद् सचिवालयमा बसेर पछिल्ला घटनाक्रम, समग्र सुरक्षा स्थिति, चुनावी माहोल तथा सुरक्षा निकायहरूको तयारीबारे समीक्षा गरिरहेको स्रोतले बताएको छ।

यसैबीच बाराको सिमरामा बुधबारदेखिको झडपपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। एमालेनिकट युवा संघका कार्यकर्ता र ‘जेन–जी’ समूहबीच भएको विवाद उग्रिँदै गएपछि बुधबारबाट लागू गरिएको कर्फ्यु बिहीबार बिहानैदेखि चर्किएको आन्दोलनका कारण राति ८ बजेसम्म थपिएको हो।

सिमराको तनावग्रस्त परिस्थितिलगायत राजनीतिक दलहरूले उठाइरहेको शान्ति–सुरक्षा तथा विश्वसनीय निर्वाचन वातावरणबारेको चिन्ता मध्यनजर गर्दै प्रधानमन्त्रीले सुरक्षा परिषद्को बैठक बोलाएको बताइएको छ। यसअघि बुधबार साँझ गृह मन्त्रालयमा सुरक्षा विषयक प्रारम्भिक बैठक बसेको थियो।


सम्बन्धित खबरहरु