वीरगञ्ज । बाराको सिमरामा उत्पन्न तनाव नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रु ग्यास प्रहार र दुई राउन्ड हवाई फायर गरेको छ।
कर्फ्युको अवज्ञा गर्दै जेनजी समूहका प्रदर्शनकारी सडकमा उत्रिएपछि स्थिति सम्हाल्न प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै हवाई फायर गर्न बाध्य भएको बाराका एसपी सन्तोष तामाङले जानकारी दिए।
प्रदर्शन नियन्त्रणका क्रममा एक डीएसपी, एक इन्स्पेक्टर, एक असई र एक हवल्दार गरी चार जना सुरक्षाकर्मी घाइते भएका छन्।
बुधबार जेनजी युवामाथि भएको आक्रमणका अभियुक्तलाई पक्राउ गर्न दबाब दिंदै प्रदर्शन भइरहेको छ। घटनासम्बन्धमा प्रहरीले हाल दुई जना वडाध्यक्षलाई पक्राउ गरेको जनाएको छ।
