आज:  | Mon, 04, May, 2026

नापी कार्यालयका दुई कर्मचारी एक लाख घुससहित पक्राउ

Avatar photo दिशा निर्देश ४ मंसिर २०८२, बुधबार ०८:०४ मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । नापी कार्यालय वीरगञ्ज, पर्सामा कार्यरत सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

छुट जग्गा दर्ता गरिदिने नाममा सेवाग्राहीसँग विभिन्न बहाना बनाई उनीहरूले घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

अख्तियार टंगालबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–३, आदर्शनगर पानी ट्यांकीस्थित नापी कार्यालय पर्साको १, २, ३ नम्बर नापी टोली कार्यालयबाट दुवै जनालाई मंगलबार रंगेहात नियन्त्रणमा लिएको हो।

पक्राउ परेका कर्मचारीहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ।


सम्बन्धित खबरहरु